

म्याराडोनाको चिकित्सकको घर र क्लिनिकमा प्रहरीको अनुसन्धान

ब्यूनस आयर्स(एजेन्सी)–अर्जेन्टिनाका प्रहरीले दिवंगत फूटबल लिजेण्ड डिएगो म्याराडोनाको निजी चिकित्सक लिओपोल्डो लुकुइको घर र निजी क्लिनिकको स्थलगत अनुसन्धान गरेको छ । चार दिन अघि दिवंगत विश्वविख्यात फूटबलरको उपचारमा हेलचेक्र्याई भएको हुनसक्ने आशंकमा प्रहरीले अनुसन्धान थालेको हो । ६० वर्षे पूर्व फूटबल स्टारको हृदयघातका कारण निधन भएको थियो ।
म्याराडोनाका छोरीहरुले आफुना पिताले कुन औषधिको सेवन गर्थे भन्ने कुराको जानकारी आफूलाई हुनुपर्ने माग राखेका छन् । म्याराडोनाको गत नोभेम्बरको शुरुवातमा मस्तिष्कको ब्लड क्लटको सफल शल्यक्रिया गरिएको थियो र उनको मदिरा निर्भरताको उपचार भइरहेको थियो ।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा म्याराडोना टिम अर्जेन्टिनाका क्याप्टेन थिए । यही विश्वकपमा इंग्ल्याण्डका विरुद्ध भएको क्वाटरफाइनल खेलमा उनले गरेको एक गोललाई ‘हेण्ड अफ गड’का रुपमा विश्व चर्चित बनेको थियो । उनले क्लब क्यारियरमा बार्सिलोना र नेपोलीबाट खेलेका थिए । उनले इटालियन साइटबा दुई सिरिज जितेका थिए ।
उनले अर्जेन्टिना जुनियर्सबाट फूटबल करियर शुरु गरेका थिए भने सेभिला, बोका जुनियर्स र नेवेल्स ओल्ड ब्वाइजबाट पनि फूटबल खेलेका थिए ।अर्जेन्टिनाबाट उनले खेलेका ९१ खेलमा ३४ गोल गरका थिए भने चार वटा विश्वकपमा सहभागिता जनाएका थिए ।

