
देउवा र प्रचण्डलाई ओलीको प्रश्न- एमसीसीबारे बोल्नु पर्दैन ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् ।
शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भने, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने रु, प्रचण्डजीले बोल्नु पर्दैन एमसीसी के गर्ने? उहाँहरु चुपचाप छन् ।’
ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गरे । पार्टीका पूर्वनेता माधव नेपालप्रति क्रुद्ध देखिएका ओलीले भने, ‘दुनियाँ देश गएँ, तर माधव नेपाल जस्तो लाजशरम पचेको मान्छे कतै देखिनँ ।’
वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै उनले नेपालको आलोचना गरेका हुन् । उनले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकिर पनि गरे ।



कागजपत्र |
