पछिल्लो २४ घण्टामा १२६८ जनामा संक्रमण पुष्टी, ९ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६८ हजार २ सय ९५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार १ सय ९५ जना डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ जना रहेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ जना रहेका छन् ।

 

प्रतिक्रिया