कर्रा खोलामा ट्रकसहित दुई बगे


बाग्मती – हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा आज आएको भेलले एक ट्रकसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शिवम् सिमेन्ट उधोगबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख १४४० नंम्वरको ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अर्का ४२ वर्षीय गणेश थापा मगरलाई बगाएको हो ।

खोलामा आएको भेलले उक्त ट्रक र हराएका व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रतिक्रिया