

चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइएको छ।
जङ्गी अड्डा स्रोतका अनुसार चिनियाँ रक्षमान्त्रीलाई आज दिउँसो सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो।
त्यस्तै उनले सैनिक मुख्यालयको निरीक्षणसमेत गरेका छन्। उनको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

