दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा ४ जनाको मृत्यु


दाङ – दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चारजनाको मृत्यु भएको छ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई खोलाले बुधबार राति करिब १० बजेतिर बगाएको थियो। खोलामो बगेर मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ४० वर्षीया रिता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ। मृतक ४ जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए।

प्रतिक्रिया