भारत उत्तर प्रदेशमा अज्ञात रोग प्रकाेप, ५० बढी बालबालिकाको मृत्यु


नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ । उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएका ५० बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

उत्तर प्रदेश सरकारले बालबालिकामा पछिल्लो समय देखा परेको यो रोगका बारेमा अनुसन्धान भइरहेको भन्दै डेंगु र लामखुट्टेको टोकाइबाट हुने भाइरलका कारण यो रोग लागेको अनुमान गरेको छ । यसका लागि उत्तर प्रदेश सरकारले भारतका संक्रमण रोग बिशेषज्ञहरुको टोलीसँग छलफल जारी राखेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया