चिनिया रक्षामन्त्री वेइ नेपाल आइपुगे


काठमाडौं – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । केही घन्टाका लागि मात्र नेपाल आएका वेइले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

रक्षामन्त्री विमानस्थलबाट सीधै चिनियाँ दूतावासमा जाने र त्यसपछि औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

सबैभन्दा पहिले दिउँसो २ बजे जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनलाई त्यहाँ नेपाली सेनाको टोलीले सम्मानगारथ अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् ।

बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया