

इन्भेष्टर्स फोरमकाे नयाँ नेतृत्वमा ढकाल, बाहिरिए छोटेलाल

काठमाडौं – शेयर बजारमा सक्रिय रुपमा लगानी गरिरहेका लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्यसमिति चयन भएकोछ छ । हालै सम्पन्न फोरमको साधारण सभाबाट अध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन् ।
यसअघि अध्यक्ष रहेका छोटेलाल रौनियार अर्को कार्यकालमा दोहोरिन नचाहेपछि ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन लम्साल, द्वितीय उपाध्यक्षमा अञ्जिव तुलाधार चयन भएका छन् ।
शेयर बजारकी पुराना महिला लगानीकर्ता दुर्गा तिवारी महासचिव बनेकी छिन् । उनी यस अघि फोरमको सचिव थिइन्। यसैगरी फोरमको ससचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका चयन भएका छन् । सिर्जना सुवेदी, अम्बिका शर्मा र अतितलाल श्रेष्ठ सदस्यमा चयन भएका छन् ।

