पहाडको माथि चौरमा चर्न गएका गाई घाइते भएपछि यसरी झारियो फेदी (तस्बिर / भिडियो)


काठमाडौं – स्विट्जरल्याण्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पहाडको माथि चौरमा चर्न गएका ती गाई घाइते भएर हिँड्न नसक्ने भएपछि शुक्रबार तिनलाई हेलिकोप्टरमा डोरीले बाँधी झुण्ड्याएर तल फेदीमा ल्याइएको हो ।

त्यसरी हेलिकोप्टरबाट ल्याइएका गाईलाई तल जमिनमा होशियारीपूर्वक झारिएको थियो । त्यसका लागि तल केही किसान बसेका थिए ।
तस्बिर / भिडियोः

प्रतिक्रिया