मंगलबारबाट नेपाल-श्रीलंकाबीच सिधा उडान


काठमाडौं – आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान सुरु हुने भएको छ ।

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले ट्विट गर्दै मंगलबारदेखि काठमाडौँ-कोलम्बो सिधा हवाई उडान सुरु हुने जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौँ-कोलम्बो उडान हुने जानकारी दिएका छन् । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौँ-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

काठमाडौँ-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलङ्काको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

प्रतिक्रिया