प्रधानमन्त्री देउवा–प्रचण्ड भेट, सरकारमा नेपाल पक्षलाई मन्त्रालय खुम्च्याउने तयारी


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका क्रममा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राज्यमन्त्रीसहित ६ वटा भन्दा मन्त्रालय दिन नसकिने अडान राखेका छन्।

सत्ता साझेदार प्रमुख नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार विहान बालुवाटारमा बोलाएर देउवाले त्यसो भनेका हुन्। नेपाल पक्षलाई सबैभन्दा बढी ८ वटा मन्त्रालय दिनुपर्ने चर्चा थियो।

नेपाल सरकारमा सहभागी नहुने घोषणा गरेका बेला सतहमा ल्याइएको उक्त चर्चाविरुद्ध देउवाले मन्त्रालय बाँडफाँटमा नेपाल पक्षलाई धेरै दिन नसकिने प्रचण्डसँग बताएका हुन्।

प्रधानमन्त्री देउवाले कांग्रेसले नौ वटा मन्त्रालय नछाड्ने दाबी प्रचण्डसँग गरेका छन् भने माओवादीलाई ७ भन्दा बढी मन्त्रालय दिन नसकिने पनि अडान राखेको स्रोतले दाबी गरेको छ।

नेपाल पक्षलाई ६ मन्त्रालय दिए सत्ता साझेदार रहेको जनता समाजवादी पार्टीलाई ३ वटा मात्र मन्त्रालय दिन सकिने बताएका देउवाले कुनै पनि दलको उपप्रधानमन्त्री बनाउन नसकिने पनि प्रचण्डलाई बताएका छन्।

प्रतिक्रिया