आगलगीमा परी १५ जना घाइते तथा विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं – पर्सा, बिरगंज महानगरपालिका-२२ मनिहारीस्थित सर्वोत्तम स्टिल प्रालिको फ्याक्ट्रीको भट्टिमा फलाम पगाल्ने क्रममा पगालेको तातो फलाम लिक भई बिहीबार दिउँसो आगलागी हुँदा  १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि भरतको पटना पठाइएको छ । घाइते अन्य ४ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ डाँडाटोल बस्ने ६५ वर्षीय गोपाल कामीको घरमा चुलोबाट बिहीबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सामान जेलर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै उनकै घरसँगै रहेको ५० वर्षीय लाटा कामीको घर समेत जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया