अमेरिकामा संक्रमित संख्या १ करोड ३४ लाख नाघ्यो, २ लाख ७१ हजार बढीको मृत्यु


काठमाडौं – अमेरिकामा अहिलेसम्म विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतक संख्या पुगेका छन् । हालसम्म अमेरिकामा १ करोड ३४ लाख ५२ हजार ४ सय ५२ जना संक्रमित भइसकेका छन् भने २ लाख ७१ हजार २६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १ लाख ६२ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि धेरै संक्रमित हुनेमा नेपालको छिमेकी मुलुक भारत रहेको छ । भारतमा हालसम्म ९३ लाख ५१ हजार २ सय २४ जना संक्रमित पुगेका छन् भने १ लाख ३६ हजार २ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ६२ लाख ३८ हजार ३ सय ५० जना संक्रमित भेटिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ९ सय ९८ पुगेको छ ।

पछिल्ला दिनमा बढ्दै गइरहेको संक्रमित संख्यासँगै चौथो स्थानमा रहेको रसियामा २२ लाख १५ हजार ५ सय ३३ संक्रमित पुगेका छन् भने ३८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा कोरोना संक्रमित संख्या ६ करोड १९ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६ लाख ११ हजार २२ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या ६ करोड १९ लाख ६५ हजार ५ सय २९ जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म विश्वमा ४ करोड २७ लाख ८२ हजार ४ सय ९० जना कोरोनमुक्त भइसकेका छन् ।

गत २४ घन्टामा विश्वमा १० हजार ८ सय १४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । यसँगै हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार २ सय ८७ पुगेको छ ।

प्रतिक्रिया