

अध्यादेशविरुद्ध परेका रिट संवैधानिक इजलासमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशविरुद्ध परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।
भदौ १ गते राजनीतिक दल सम्बन्धी सम्बन्धी ऐन २०७३ मा दल विभाजनका सम्बन्धमा रहेको कठोर व्यवस्थालाई संशोधन गर्दै अध्यादेश जारी गरेको थियो।
दल फुटाउन सजिलो हुने गरि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट परेका थिए। ती रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

