
एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन
काठमाडौं – नेकपा एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको समय सरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
बैठकले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ भने आगामी मंसिर १०-१२ मा काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । भदौ १६ देखि २० सम्म पार्टी मा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ ।
बैठकले भदौ २५ र २६ गते स्थायी कमिटी बैठक तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ भने कार्तिक ६ गते देशभरका वडाहरुको र कार्तिक ९ गते पालिकाहरुको अधिवेशन आयोजना गरिने भएको छ ।



कागजपत्र |
