

भारतमा केरला राज्यका २४ हजार २९६ जनासहित थप ३७ हजार ५९३ व्यक्तिमा कोरोना सङ्क्रमित

नयाँ दिल्ली – सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७।६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन्
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०।९९ प्रतिशत हो ।

