

साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म

काठमाडौं – साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आगामी शुक्रवारसम्म रहेको छ ।
कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बान्दिाका लागि आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । शुक्रवार अर्थात् भदौ ११ गते सम्ममा पनि आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा,नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा,लक्ष्मी बैंकको मुग्ली र नेले शाखा,माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कर्मशियल बैंकके रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।
साथै सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत पनि आइपीओमा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सोलुुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

