दुवै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना संक्रमण


काठमाडौं – नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी दिएकी छन्।

सिंहले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि संक्रमित भएको बताएकी छन्। गौरिकाका अनुसार उनलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन।

प्रतिक्रिया