२ नम्बर प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य साह वरिष्ठ उपाध्यक्षमा प्रधानको पक्षमा, चण्डिको चर्तिकला


काठमाडौं– भोली हुने नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको पदमा किशोर प्रधानका लागि तटस्थ भोटको अपिल गरिरहेका २ नम्बर प्रदेशबाट निर्विरोध केन्द्रीय सदस्य पदमा निर्वाचित बिजयकुमार साहलाई चन्द्र ढकालका पक्षमा उभिन पूर्वअध्यक्ष चण्डिराज ढकालले चर्तिकला देखाएका छन्।

कुनै पनि प्यानलमा नरहेका उनलाई प्रदेश २ का तर्फबाट निर्विरोध निर्वाचित गराइएको छ। उनी व्यावसायीक र सांगठनिक मुल्य मान्यताका निम्ति प्रधानलाई यस पटक बरिष्ठ उपाध्यक्ष जिताउनुपर्ने पक्षमा उभिएका छन्।

तर प्यानल कमजोर बन्ने स्थिति आएपछि चन्द्रले चण्डिराजलाई खटाएर साहलाई प्रभावित बनाउने कोशीश गरेका छन्। साहले लविङका आधारमा २ नम्बर प्रदेशका सबै मत प्रधानका पक्षमा जाने निश्चित छ। ‘अहिले चण्डिराजले चर्तिकला देखाउँदै साहलाई प्रभावित बनाउने र फकाउने काम गरिरहेका छन्। व्यावसायीक व्यक्तिले संगठनको हितका निम्ति अनुभवी र बरिष्ठ व्यावसायीका पक्षमा नै मतको अपिल गर्ने निश्चित छ।’

२ नम्बर प्रदेशको मत आफ्नो पक्षमा पार्नका लागि साहलाई ढकालले प्यानलमा राख्ने सबै प्रयत्नहरू असफल भएका थिए। त्यसपछि उनी तटस्थका रुपमा निर्विरोध निर्वाचित भए। प्रधानको प्यानलले उनलाई सहयोग गरेको थियो।

बरिष्ठ उपाध्यक्षका निम्ति मैदानमा अनुभवी प्रधान र सत्ता नजिक रहेका ढकालको स्पर्धा छ। प्रधान नै यस पटकका लागि उत्तम उम्मेदवार रहेको भन्दै महासंघका पूर्वअध्यक्षहरूले यस अघि नै भोटका लागि अपिल गरेका थिए।

धेरै व्यावसायीक र संगठनात्मक हितका निम्ति अघि बढेका जिल्ला, नगर र प्रदेशका उद्योगी व्यावसायीले प्रधानलाई नै यस पटक बरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने बताउँदै आएका छन्। महासंघको आगामी नेतृत्वका लागि हुने चुनावसँगै साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु भइसकेको छ।  

प्रतिक्रिया