

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।
पत्रकार सम्मेलन बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत बताउन लागेको बुझिएको छ ।
निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत सुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

