

कुलमानविरुद्धको रिटमा प्रधानन्यायाधीश राणाले दिए ‘मिसिल कागज झिकाउने’ आदेश (आदेशसहित)

काठमाडौं – सर्वोच्च अदालतमा परेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्धको रिटमा मिसिल कागज झिकाउने आदेश भएको छ ।
प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बेन्चमा मगलबार भएको सुनुवाईपछि राणाले उक्त आदेश दिएका हुन् ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती बदरको माग गर्दै दायर गरेका थिए ।
प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए।

