कुलमान घिसिङविरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा


काठमाडौं – सर्वोच्च अदालतमा परेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्धको रिटमा आज सुनुवाई हुने भएको छ ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती बदरको माग गर्दै दायर गरेको रिटको यसअघि नै पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो ।

मंगलबार सुनुवाई हुन लागेको उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकै पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । यसअघि उक्त रिट कुमार रेग्मीको इजलासमा परेको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए।

शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ ।

 

प्रतिक्रिया