

सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो,तोलाको कति ?

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य बृद्धि भएको छ । सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, यता चाँदीको मूल्य समेत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

