यता तेस्रो धार एमाले एकतातिर लम्किए, सांसद बोकेर चन्द्रागिरीतिर लागे माधव नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।

नेता नेपालले  नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका आँफुनिकट केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्।
उनीहरुले आज उतै बस्ने एक नेताले जानकारी दिए । रिसोर्टमा झन्डै सय जनाका लागि कोठा बुक गरिएको ती नेताले बताए।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले बतायाे ।

प्रतिक्रिया