राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको विश्वास गरिएको छ।

नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् । नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया