प्रिमियर लिगः टोटनह्यमको संघर्षपूर्ण जित


काठमाडाैं – टोटनह्यामले लगातार दोस्रो जित निकाल्न सफल रह्यो । प्रिमियर लिग अन्तर्गत वल्भस विरुद्धको खेलमा टोटन्ह्यामका लागि डेल अलीले १० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दा महत्वपूर्ण तीन अंक हाँसिल गर्‍यो।

सर्जियो रिगुइलोनको थ्रो बलमा जोस शाले पेनाल्टी बक्समा डेल अलीलाई लडाएपछि स्पर्सलाई पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि पनि टोटनह्यामले लगातार गोलका अवसर पाएका थियो । तर गोल गर्नभने असफल भयो ।

प्रिमियर लिगको पहिलो खेलमा टोटन्ह्यमले साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै पहिलो जित निकालेको थियो ।

प्रतिक्रिया