मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, साढे २३ लाख आवेदकको हात खाली हुने


काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमबार) बाँडफाँट हुँदै छ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङका अनुसार आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको छ। कम्पनीको प्री–अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ।

गोला प्रथाबाट सेयर बाँडफाँट हुने छ। यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन्। २३ लाख ६६ हजार १९५ जना भने आईपीओ पाउनबाट वञ्चित हुनेछन्।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पुँजीको ३६५ अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुला गरेको हो ।

प्रतिक्रिया