माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकमा माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।‘कम्युनिस्ट आन्दोलनलाई आजको युगको आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छौं’, उनले भने ।

 

प्रतिक्रिया