पूर्वमुख्यसचिव पौडेललाई पितृशोक


काठमाडौं – वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललाई पितृशोक परेको छ ।

चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको श्रीमती, तीन छोरा र छ छोरी छन् ।

प्रतिक्रिया