

एमालेका १४ सांसदको ‘भविष्य’बारे सभामुखको अन्तिम निर्णय !

काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले नेकपा एमालेको कारवाहीमा परेका माधव नेपालसहित १४ जना सांसदको पद सभामुखबाट जोगिन सक्ने तर्क गरेका छन् ।
प्रतिनिधिसभासम्बन्धी नियमावलीअनुसार सम्बन्धित दलले सांसदलाई निष्कासन गरेको जानकारी सभामुखमार्फत सदनलाई दिनुपर्छ। सभामुखले त्यसलाई स्वीकार गरेर सदनलाई जानकारी दिए भने सांसद पदमुक्त हुने र भामुखले त्यसो गरेनन् भने पद जोगिन सक्ने संविधानविद् आचार्यले बताएका छन् ।
आचार्यले एमालेबाट त्यी १४ सांसदमाथि भएको कारबाही हेरेर सभामुखले निर्णय लिन सक्ने बताए । विधिसम्मत कारबाही नभएको मानेर सभामुखले अघि बढाएनन् भने उनीहरूको पद जोगिन सक्ने भन्दै सभामुख नै यस विषयमा निर्णायक मानिने उनले बताए ।
सोही प्रसं्रगमा रहेर डा आचार्यले अध्यादेश जारी भएपछि दर्ता भएका दल खारेज नहुने पनि बताएका छन् । उनले भने, ‘अध्यादेश खारेज भए पनि त्योअनुसार दर्ता भएका दलको वैधानिकतामाथि प्रश्न उठ्छ जस्तो मलाई लाग्दैन।’

