चितुवाको आक्रमणबाट तीन वर्षकी बालिकाको मृत्यु


बर्दिया – चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका-१० भगतपुरकी ३ वर्षीया बालिका कमला जैसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले घर नजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको बताए । घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया