

सर्वकालीन महान् फुटबलर म्याराडोनाको अन्तेष्टीका झलकहरू

एजेन्सी । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोना अन्तेष्टी गरिएको छ । म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित चिहान घरमा गरिएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथीहरुको उपस्थिति रहेको थियो ।

अन्तेष्टीका लागि उनको शव चिहानघरमा लैजाने क्रममा भने ठूलो संख्यामा फ्यानहरु उपस्थित भएर अन्तिम बिदाई गरिरहेका थिए । म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भीड अत्याधिक भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।
घरमै रहेका बेला उनलाई बुधबार हृदयघात भएको थियो । ६० वर्षका म्याराडोनाको दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । विश्व फुटबल इतिहासमा उनले गरेको गोल शताब्दीकै उत्कृष्ट गोलका रुपमा परिचित थियो । मैदानभित्रको उत्कृष्ट म्याराडोना मैदानबाहिर भने जहिले पनि लागूऔषध दुब्र्यसनीका रुपमा परिचित हुँदै संसार छाडे ।


