चोरी आरोपमा पक्राउ गरिएकी पत्नीसँग डिभोर्सको तयारीमा छन् दिपक मनाङे


काठमाडौं– आफ्नै उजुरीका आधारमा चोरी अभियोगमा पक्राउ गरिएकी कान्छी पत्नी छिदेन डोल्मा लामासँग गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे डिभोर्सको तयारीमा रहेको खुलेको छ।

लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ। लामालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० पदमपोखरीबाट पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामालाई बुधबार चोरी तथा डकैती मुद्दामा अदालतमा म्याद थप गरिसकिएको छ। पोखरा महानगरपालिका– १० बस्ने रोनित गुरुङले लामाविरुद्ध उजुरी दिएका थिए। लामामाथि चाँदीका आठ वटा अंखोरा र पाँच वटा बुद्ध मूर्ति चोरी डकैती गरेको अभियोग छ। रोनित मनाङेका निजी सचिव हुन्।

लामासँग मनाङेले १० वर्ष पहिले बिहे गरेका थिए। स्रोतका अनुसार मनाङे र लामाको सम्बन्धमा गएको भदौदेखि समस्या आएको थियो। अहिले अलग–अलग बस्छन्। उनीहरू डिभोर्सको तयारीमा पनि छन्।

प्रतिक्रिया