

नेपाल–भारत परराष्ट्र सचिव वार्ताः भारतीय विदेश सचिव भन्छन्–राम्रो सुरुआत

काठमाडौं– नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता विहीबार सकिएको छ। कुटनीतिक समझदारी र परराष्ट्रमन्त्री स्तरीय वार्ताको पूर्वतयारी अनुसार दुईपक्षीय बैठक भएको थियो।
भारतसँगका कुटनीतिक समस्या सुल्झाउनका लागि यो वार्ता सकारात्मक भएको छ। भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगंलाले छलफलको राम्रो सुरुआत भएको प्रतिक्रिया दिएका छन्।
दुईपक्षीय सहयोगलगायतका विषयमा वार्ताले निरन्तरता पाउने नेपालका तर्फबाट सहभागी परराष्ट्र सचिव भरतराज पौडेलले बताए।

