विवादीत एमसीसी सम्झौता पास गरी कार्यान्वयनमा ल्याउन महासंघको माग


काठमाडौं– अमेरिकी सहयोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) छिटो भन्दा छिटो सदनमा पास गरी कार्यान्वयनमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ । ५४ औं साधारणसभामा विहीबार बोलेकी महासंघकी अध्यक्ष भवानी राणाले सरकारसँग यस्तो माग राखेकी हुन्। 

मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग, कल कारखाना तथा पू्र्वाधार क्षेत्रको विकास अपरिहार्यताका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गर्दै राणाले भनिन्,‘विदेशी लगानी समेत भित्राएर सरकार र निजी क्षेत्र अघि बढ्नुपर्ने बेला हो।’

हामीसँग कमी भएको भनेको लगानी रहेकाले स्वदेशी लगानीको साथसाथै अब हामी विदेशी लगानी भित्राउन पनि तयार हुनुपर्ने राणाको भनाई थियो।

एमसीसीमा देखिएको राजनीतिक विवाद तत्काल समाधान गरी छिटो भन्दा छिटो लगानी भित्राउन निजी क्षेत्रका तर्फबाट राणाको माग थियो।

प्रतिक्रिया