युएईकाे शरणमा सत्ताच्युत राष्ट्रपति घानी, पैसा लिएर भागेको आरोप अस्वीकार


काठमाडौं – तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।
घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ ।

युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफू देश छोडेर भागेको नभई सम्भावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गरेका छन् ।

आफू अफ्गानिस्तान फर्किनका लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गरेका छन् । आफूले अफ्गानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षीय घानीले अस्वीकार गरेका छन् । एजेन्सी

प्रतिक्रिया