कोरोना संक्रमणका कारण राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन


काठमाडौं – राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए । वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

उनको आजै ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया