

अर्थ मन्त्रालय अन्तर्गत सह–सचिवको सरुवा तय, आन्तरिक राजश्व विभाग महानिर्देशकमा पौडेल

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सह–सचिवको सरुवा तय गरेका छन्।
सो क्रममा अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागमा सह–सचिव शोभाकान्त पौडेललाई महानिर्देशक बनाउन लागिएको हो।
यस्तै, प्रशासनमा केदार शर्मा, बजेटमा भूपाल बराल, भन्सार विभागमा नारायण सापकोटाको सरुवा तय भएको छ।
यसअघि शर्मा गण्डकी प्रदेश सरकार सचिव, बराल लगानी बोर्ड र सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।

