नेप्सेमा सामान्य बृद्दि , १५ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो


काठमाडाैं – हप्ताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको शेयरमा हरियाली देखिएको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको एक सय १७, फाइनान्सको एक सय ४१, उत्पादनको ९० र माइक्रोफाइनान्स समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ ।

आज जोशी, हाइड्रो, रुरु जलविद्युत्, अरुण काबेली हाइड्रो, गुराँस फाइनान्सहित १५ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २१ कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया