दल फुटाउने अध्यादेश ल्याउन बालुवाटारमा मन्त्रिपरिषदको ‘अनियमित’ बैठक


काठमाडौं– दल फुटाउने अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको छ।

जारी बैठक नियमित होइन। मन्त्रिपरिषदको बैठक सोमबार र विहीबार बस्ने प्रचलन छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ का प्रमुख फेर्नका लागि सिफारिस गरेको थियो। जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयन गरिसकेकी छन्।

खासगरी नेकपा एमाले विभाजनको प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी भएको छ। ‘बैठकमा उक्त विषयमा छलफल जारी छ, आज ल्याउने कि नल्याउने भन्ने विषयमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ’, स्रोतले भन्यो,‘सकभर आजै आउने सम्भावना छ।’

प्रतिक्रिया