अफगानिस्तानमा रहेका राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने भारतकाे निर्णय


काठमाडौं – भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले अफगानिस्तानको काबुलमा रहेका भारतीय राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन् ।

समाचार एजेन्सी एएनआईले गृहमन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै अफगानिस्तानमा भएको परिवर्तनका कारण भारतीय गृहमन्त्रालयले भिसा प्रावधानमा तुरुन्तै परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ । भारत फर्किनका लागि तुरुन्तै भिसा दिइने भएको छ । जसका लागि ‘ई–इमरजेन्सी एक्स भिसा’ को व्यवस्था गरिएको छ ।

यसअघि, भारतीय विदेश मन्त्री एस जयशंकरले भारतले लगातार काबुलमा भएका हिन्दु र सिख समुदायका नेताहरुलाई सम्पर्कमा ल्याउने र उनीहरुको सुरक्षाका लागि भारतले प्राथमिकता दिने बताउँदै आएका छन् । उनले अफगानिस्तानको सुरक्षा व्यवस्थालाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्न लागेको र उक्त बैठकमा भारतले चासो व्यक्त गर्नेछ ।

प्रतिक्रिया