

उज्बेकिस्तानकाे खुलासाः २ दिनभित्र अफगानिस्तानबाट भागेर ७५० सैनिक हामीकहाँ आएका छन्

काठमाडौं – तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका साढे सात सय सैनिक भागेर आफ्नो मुलुक आएको उब्जेकिस्तानले दाबी गरेको छ ।
अफगानिस्तानबाट ४८ घण्टामा ७५० जना सैनिक आफ्नो मुलुकमा भित्रिएको उज्बेकिस्तानले जनाएको छ । अफगान सैनिक ६ सय जना सैन्य विमानबाट र आइतबार १५८ जना सीमा पार गरेर आफ्नो देशमा आएको उज्बेकिस्तानको भनाइ छ । एजेन्सी

