

मध्य भोटेकोशीको आईपिओमा माग भन्द ३.२२ गुणा बढी आवेदन

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा १ लाख भन्दा बढी आवेदकबाट आवेदन परेको छ ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार वेदन दिने अन्तिम दिन हिजो साँझसम्ममा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि अर्थात् १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रकमको आवेदन परेको हो । यो माग ३.२२ गुणा बढी हो ।
जस मध्ये आयोजना प्रभावितबाट १० हजार ८ सय ४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४ सय ९६ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ९० हजार १ सय ८० आवेदकबाट १ करोड ६६ लाख ५० हजार २ सय ८४ कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १० प्रतिशत अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स. मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशत ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

