

अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा यसरी घेरे हजारौं अफगानीले (भिडियोसहित)

काठमाडाैं – अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् ।
अमेरिकी सेना विमानस्थलमा भएपनि स्थिति अनियन्त्रित भएको छ । मानिसहरु विमानलाई घेर्दै बसेको देखिन्थ्यो । वायुसेनाको विमान उड्न लाग्दा पनि मानिसहरु घेर्दै बढेका थिए ।
काबुल विमानस्थलमा स्थिति अनियन्त्रित भएपछि अमेरिकी सेनाले गोली समेत चलाएको छ । घटनामा ५ जनाको मृत्यु भएको छ ।
भिडियोः
God no. pic.twitter.com/mJJP23ydpZ
— ian bremmer (@ianbremmer) August 16, 2021

