सवारी दुर्घटनामा ५ जनाको मृत्यु


काठमाडौं – सुनसरी, ईटहरी उपमहानगरपालिका-१३ कालिमन्दिर चोकमा ना.४ ख ८३७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री मोरङ बिराटनगर महानगरपालिका-६ बस्ने ६० वर्षीया भुल्की देवि कामतको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशला नगरपालिका-१ रामनगरस्थित सडकमा बा.६ च ४६१७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय रापुकार महतोको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-८ पिसपार्कस्थित सडकमा ना.४७ प ४४६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-८ सिमपानी बस्ने ८० वर्षीय यज्ञ प्रसाद घिमिरेको आइतबार साँझ मृत्यु भएको छ । ठक्कबार गम्भीर घाइते भएका उनको मनकामना अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोसी गाउँपालिका-६ घुमाउने चैनपुरस्थित सडकमा प्र.३-०२-११ प २७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६६ वर्षीया सिता माया बरालको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै काठमाडौं थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, गल्छि गाउँपालिका-६ बैरेनीस्थित सडकमा बा.३ ख ४०१४ नम्बरको बस र टिएन ५२ के ३३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा बसमा सवार सोलुखुम्बु माहाकुलुङ गाउँपालिका-३ बस्ने २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बुढिगण्डकी अस्पताल गल्छि हुँदै काठमाडौं ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १२ जनामध्ये ९ जनाको काठमाडौं ट्रमा सेन्टरमा तथा ३ जनाको बुढिगण्डकी अस्पताल गल्छीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया