ला-लिगामा बार्सिलोनाको सुरुवाती जित


काठमाडौं – स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले सुरुवाती जित निकाल्न सफल भएको छ । आइतबार राती भएको खेलमा बार्सीलोनाले रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिकेले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, पहिलो हाफको इन्जुरी समयमा र ५९ औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३-० को स्थानमा पुर्याएका थिए ।

खेलको ८२ औं मिनेटमा जुलेनले गोल गर्दै सोसीडाडलाई ३-१ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा मिकेलले गोल गर्दै सोसीडाडलाई ३-२ को अवस्थामा पुर्याउदै केही आशा दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४-२ को शानदार जित दिलाए। जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ ।

प्रतिक्रिया