प्रदेश नं. २ प्रदेश प्रमुखः अहिराज पदमुक्त, मिश्रको सिफारिस


काठमाडौं – मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत रहेका मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

यससँगै निवर्तमान प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त भएका छन् । अहिराजलाइ यसअघिको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

त्यस्तै मन्त्रीपरिषद्ले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकका परिवारलाई आमरण अनशन फिर्ता लिनका लागि पनि अनुरोध गरेको जनाइएको छ ।

त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया