

सुरक्षा संकटमा अफगानिस्तान: अधिकारीहरुनै आत्मसमर्पणको तयारीमा, राष्ट्रपतिद्वारा आपतकालीन बैठक आह्वान

एजेन्सी -अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाउनु भएको छ । तालीवानी लडाकुहरुले राजधानी कावुलमा प्रवेश गर्न थालेपछि उनले आपतकालीन बैठक बोलाएका हुन् ।
उनले यतिबेला नेटोका अधिकारीहरुसँग वार्ता गरिरहेका छन् । शनिबार राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै अफगानिस्तान गम्भीर संकटमा परेको बताएका थिए । धेरैजसो शहरहरु कब्जा गरेको तालिवानीहरुले आईतबार बिहानबाटै राजधानी कावुलमा पनि प्रवेश गर्न थालेपछि अफगानस्तान झनै सुरक्षा संकटमा परेको छ ।
पछिल्लो समय अफगानिस्तानका अधिकारीहरु तालिवानीहरुसँग आत्मसमर्पणको स्थितिमा पुगिसकेका बताइएको छ । यतिबेला तालिवानीहरुले कब्जा गरेका धेरैजसो इलाकाहरुमा आफ्नो झण्डा फहराइरहेको त्यहाँको समाचार माध्यमहरुले बताएका छन् ।

