पछिल्लो २४ घण्टामा २२१२ जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु


काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०७ हजार ४०२ पुगेको छ । पछिल्लो २४ घण्टामा १८६७ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ५३ हजार ४२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।

प्रतिक्रिया